बार्सिलोना र एट्लेटिकोको खेल बराबरीमा, रियल मड्रिडलाई फाइदा

 वैशाख २६, २०७८ आइतबार ६:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो । खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।

तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ । हिजो दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ । अबको खेलमा विजयी भएमा रियल शीर्ष स्थानमा पुग्नेछ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया