प्रधानमन्त्री केपी ओली बिरामी
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो ।
निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्याए ।
खेलमा काठमाण्डौले पर्याप्त दबाब बनाए पनि जित्न भने सकेन । आजको जितसँगै धनगढीले समूह चरणमा काठमाण्डौसँग हारेको बदला पनि लिएको छ ।
आज पराजित भएको काठमाण्डौको अझै फाइनल पुग्ने सम्भावना छ । काठमाण्डौले अब बुटबल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।
प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही एक लाख रुपैयाँ पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।