इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

 वैशाख २९, २०७८ बुधबार ७:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । सिटीले निकटतम प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै उपाधि जितेको हो । गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित भए पछि तीन खेल बाँकी हुँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

अब बाँकी तीनै खेल जित्ने र शीर्ष स्थानको म्यानचेस्टर सिटीले तीनै खेल गुमाए पनि उपाधिमा कुनै असर पर्ने छैन । सिटीले चार वर्षको अन्तरमा तेस्रो पटक उपाधि जितेको हो । गएराति भएको खेलसँगै म्यानचेस्टर सिटी र म्यानचेस्ट युनाइटेडबीच १० अङ्कको अन्तर भएको छ । म्यानचेस्टर सिटी ८० अङ्कसहित शीर्ष स्थानमा छ भने युनाइटेड ७० अङ्कसहित दोस्रो र लेस्टर सिटी ६६ अङ्कसहित तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया