काठमाण्डाै रेजर्स नेपाल सुपर लिग फुटबलकाे फाइनलमा पुग्याे

 वैशाख ३०, २०७८ बिहीबार १९:५१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । बिहीवार (आज) दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर सिटी एफसीलाई तीन–शून्य गोलले हराउँदै काठमाण्डौ उपाधि नजिकै पुगेको हो ।

काठमाण्डौको जितमा मौसिके ओलोमोउले दुई र स्टेफिन विनोङले एक गोल गरे । खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै काठमाण्डौले अग्रता बनाएको थियो । यस्तै काठमाण्डौले २२ औँ र ६० मिनेटमा गोल गर्‍याे । 

अब उपाधिका लागि काठमाण्डौले शनिवार (पर्सि) धनगढी एफसीसँग खेल्नेछ । प्लेअफमा काठमाण्डौ धनगढीसँगै पराजित भएको थियो । यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया