लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा

 जेठ ६, २०७८ बिहीबार ६:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश गरेको छ ।

बर्नलीलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले अर्को च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो । लिभरपुलका लागि फिर्मिनो, फिलिस्प र अक्सलाइ चेम्बरलिनले एक/एक गोल गरेका हुन् । जितसँगै लिभरपुल ६६ अङ्कसहित चौथो स्थानमा रहेको छ । 

यस्तै एभर्टनले वुल्भ्स्लाई १-० गोलले पराजित गरेको छ भने न्यू क्यासलले सेफिल्ड युनाइटेडलाई १-० गोलले हराएको छ । एस्टोन भिल्लाले टोटन ह्यामलाई २-१ गोलले पराजित गरेको छ । 

यस्तै क्रिस्टल प्यालेससँगको खेलमा आर्सनल ३-१ गोलले विजयी भएको छ । लिगमा छनोट हुने आशासहित मैदानमा उत्रिएको वेष्ट ह्याम युनाइटेडले वेस्ट ब्रुमलाई ३-१ गोलले पराजित गरेको छ । इङ्ग्लिस प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ  ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया