टाटा मोटर्सकाे प्यासेन्जर कारको फ्री सर्भिस र वारेन्टी अवधिमा थप

 जेठ ७, २०७८ शनिबार ५:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सको लागि नेपालकाे आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले लकडाउनको कारण ग्राहकमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्री सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले स्ट्यान्डर्ड वारेन्टीको नियम तथा सर्तहरु अन्तर्गत गाडीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरेको हाे ।

टाटा कार ग्राहकहरुको फ्री सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको हुनुपर्ने छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारी भन्नुहुन्छ 'कोरोना भाइरसको कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन कठिनाइ भएको कारण फ्री सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टीको अवधि थप गरिएको हो ।'   

 टाटा गाडीको ग्राहकहरुको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित रहेकाे जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया