तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
तपाईँले यो बुझ्नुपर्दछ कि मैले यो जीवन रोजेको होइन, यसले मलाई रोजेको हो । मेरो बाल्यकालले मलाई यो कामका लागि तयार गरेको हो, यदि तपाईँ यसलाई काम मान्नुहुन्छ भने । मेरी आमाले नि यस्तै काम गर्थिन्, अनि उनकी आमाले पनि । मलाई लाग्छ म यो कामबाट भाग्न सक्ने थिइन् ।
यो एक चिसो साँझको समय थियो । त्यस्तै सात बजेको थियो होला । म निश्चित थिएँ कि आज पानी पर्नेवाला छैन । वर्षाले व्यवसाय ठप्पै थियो । वर्षाको समयमा सडक छेउछाउ बस्न उपर्युक्त पनि छैन । आकाश एकदमै गाढा निलो थियो, त्यसैले पानी पर्दैन भन्नेमा म ढुक्क थिएँ । चम्किएका ताराले आकाश आफैमा नियन्त्रित छ भन्ने देखाएको थिए । थ्याङ्क गड !
मैले लगाएको कसिलो सेतो कपडाका कारण मेरो हिप प्रष्ट देखिन्थ्यो । अरु केटीहरूको बीचमा आफूलाई अलग देखाउन पनि यो रंग आवश्यक छ । खासगरी मजस्तो गाढा वर्णको मान्छेलाई त झनै । मैले मेक–अप पनि गरेकी थिएँ । मलाई आमाले मेक–अप गर्न सिकाएकी थिइन् । कलेजी रंगको लिपस्टिक र हल्का आइस्याडो लगाएकी थिएँ । मैले ६ इन्च अग्लो हिल लगाएकी थिएँ । फेसनका लागि भन्दा पनि अरुले मलाई नोटिस गरुन् भन्ने उद्धेश्यले लगाएकी थिएँ । ५’ १'' उचाई भएकी म यहाँको सबैभन्दा होची केटी हुँ । मैले अन्तर्वस्त्र लगाएकी थिइनँ । मैले कहिलेकाहीँ पूर्वदृष्टि देखाएर ग्राहक बनाउनुपर्दछ भन्ने कुरा सिकेकी थिएँ ।
म युसुफ ल्युल रोडभन्दा अलि अगाडिको बर्टन स्ट्रिटमा उभिरहेकी थिएँ । धेरै केटीहरू पहिले नै यहाँ आइसकेका थिए । सडकमा बत्ती थिएन । मलाई बत्ती नभएको मन पर्दथ्यो किनकी उज्यालोको संकेतले सम्भावित ग्राहक आए भन्ने संकेत दिने गर्दथ्यो । सडकछेउका घर अहिले अफिस बनाइएका छन् । आकर्षक शैलीका ढोका र प्रवेशस्थलमा बोर्ड लगाइएका थिए । यो समयमा ती घरहरूबाट आवाज आएको थिएन ।
उज्यालो ! हतार–हतार म झुकँ, मैले ड्राइभरलाई यदि मलाई रोजेमा उनीहरूले के पाउनेछन् भन्ने झलक देखाउन खोजेकी थिएँ । मैले आफ्नो अनुहार नै देखिने गरी आफ्नो शरीर झुकाएँ । म मुस्कुराइरहेकी थिएँ । अहिले मलाई ठिकै छ । यो सब अभ्याससँग आउने कुरा हो, मुस्कुराउनका लागि म खुसी भइराख्नु पर्दैन । म कुशलतापूर्व हाँसेर तपाईँको ध्यान आकृष्ट गर्न सक्छु, यो यस कामको आवश्यकता पनि हो ।
एउटा सेतो कोरोना कार म नजिकै आएर रोकियो । कार हेरेरै म भन्न सक्दथे कि यो ग्राहकले मैले मागेजति दिन सक्दैनथ्यो । तर मलाई थाहा थियो कि कुनै पनि अवसरलाई आफ्नो हातबाट उम्किन दिनु भनेको भोकै बस्नु हो ।
एउटा गाढा अनुहारले मलाई घुरिरहेको थियो, मैले चम्किला दाँत र फराकिला आँखा मात्रै देखेँ ।
“बस”, अलि हतारमा भए जसरी उसले भन्यो । उसलाई कसैले देख्नुअगावै त्यहाँबाट हिँड्नु थियो । म कारमा चढेँ, मलाई थाहा थिएन हामी कहाँ जाँदैछौ भनेर तर म आफ्नो मूल्यमा भने प्रस्ट हुनुपर्ने थियो ।
“लङ्ग कि शर्ट ?” मैले आँखीभौं तन्काउँदै सोधेँ ।
“लङ्ग, कति हो ?” उसले चिच्याउँदै सोध्यो ।
यो चाहीँ गाह्रो हुने भयो मैले मनमनै सोचेँ । “पचास हजार” मैले भनेँ ।
मलाई लाग्छ हामी नितिन्डातर्फ गइरहेका थियौँ, उसले “ओके” भन्यो । घर पाउनु त्यति महंगो थिएन । म नाल्यामा बस्दछु जुन हामी गइरहेको स्थानबाट नजिकै पर्दछ । हामी म्याक्सको होटेलमा रोकियौँ । नितिन्डामा आउनेहरू यस स्थानलाई नै रोज्ने गर्दछन् । हामी कारबाट ओर्लियौँ । उ हतार–हतार गर्दै भित्र छिर्यो र म उसलाई कुकुरको छाउराझैँ पछ्याउँदै गएँ । तिनीहरूले सधैँ यस्तै गर्दछन्, लाग्छ कि कृपा नै गर्दैछन् । मलाई यो कुरा पटक्कै मन पर्दैन ।
हामी कोठामा पुग्यौँ । उसले समय नलगाई आफ्ना कपडा फुकाल्यो । पातलो खैरो ब्ल्याङ्केट ओछ्याइएको डबल बेडमा उ पल्टियो । यस होटलमा भएका सबै चिज नीरस थिए । खैरो पर्दा थियो, लाग्दथ्यो ब्ल्याङ्केटसँग म्याचिङका लागि त्यस्तो नराम्रो पर्दा लगाइएको थियो । सबै चीज हेर्दा नजिकैको कुनै प्राथमिक विद्यालयबाट ल्याइएको जस्तो लाग्थ्यो ।
यहाँ रहेका मानिस बाहेक सबै कुरा नीरस र उराठिला थिए । ग्राहक पनि थरि–थरिका आउँदथे । बोदाबोदा (पश्चिम अफिकी देशका मोटरसाइकल ट्याक्सी) चालक दिउँसभरिको कमाई खर्च गर्नेदेखि सहरका ठूला–ठूला व्यक्तिसम्म ग्राहकका रुपमा आउँदछन् ।
मैले उसलाई हेरेँ । उ मेरा सधैँका ग्राहकभन्दा अलि खाइलाग्दो थियो । उसले मलाई हेर्दै पर्खिरहेको थियो । मलाई यो पनि पटक्कै मन पर्दैन । मैले आफ्ना कपडा फुकालेँ । उसले ‘लङ्ग’ का लागि नै पैसा तिरे पनि म उसलाई ‘शर्ट’ मै बिदा दिने तयारीमा थिएँ । म आज त्यति धेरै मूडमा पनि छैन ।
म उसले फरक थाहा नपाउने गरी उसलाई आनन्दित बनाउन चाहन्थे । अब हामी यसैमा छौं, यसलाई चाहिँ म धेरै घृणा गर्दिनँ । होटेलको बेड काँइकुँई गर्न थाल्यो । सँगैका कोठाबाट पनि त्यस्तै आवाज आइरहेको थियो । यो एउटा गीतजस्तै लाग्थ्यो जसको लयमा ताल मिलिराखेको थियो । ठूलै पीडामै भएजसरी उसको अनुहार बटारिएको थियो । यसबाट पनि लाग्थ्यो कि मैले राम्रै काम गरिरहेको थिएँ ।
उ ‘फर्स्ट टाइमर’ हो भन्ने कुरामा म ढुक्क थिएँ । उसले रेट सोधेको थियो । कसैले पनि कहिल्यै रेट सोध्दैनन् ।
अब सकिएको थियो यो । मैले यसका बारेमा सोच्न थालेकी थिएँ र सबैभन्दा मन नपराउने कुरा नि यही थियो । आफैँप्रति घृणा गर्थेँ म । मैले आफ्नै आमालाई दोष दिन थालेँ । म ती दिनहरू सम्झन थालेँ । म आमाका रुवाइहरूको स्मृतिमा हराएँ । जब तिनिहरू घरबाट निस्कन्थे, मेरी आमा बेस्सरी रुने गर्दथिन् । उनी र म मा फरक यति हो उनले पुरुषहरू घरमै ल्याउँदथिन् । म सधैँ उनलाई के कुराले यति धेरै दुःखी बनाउँछ भनेर सोच्ने गर्दथेँ । उनी असल आमा थिइन् र हाम्रा लागि खर्च गर्न उनीसँग प्रशस्त पैसा पनि थियो । तर यी सब कुरा म आज मात्रै बुझ्दैछु ।
“पैसा देउ”, मैले भनेँ ।
अब म मुस्कुराइरहेकी छैन । जब पैसा लिने समय आउँछ, ममा मुस्कुराहट आउँदैन ।
“तिमी महंगी रैछौ” अब सबै सकिएपछि उसले महसुस गरेको हुन सक्दछ । म उसँग तर्क गरिनँ । यस्तो बेलामा तर्कले कहिल्यै काम बन्दैन । मात्र मैले उसलाई हेरिरहेँ, घुरेँ मात्रै । उसले कच्याककुचुक परेको पचास हजार शिलिङको नोट निकाल्यो । पुरानो र पहेँलो थियो त्यो नोट । मैले उसको हातबाट त्यो नोट खोसेँ र ब्रामा घुसारेँ । उ हात मुख धुन सानो बाथरुम गयो ।
वास्तवमै उ ‘फर्स्ट टाइमर’ थियो ।
मैले उसको ट्राउजरको खानतलासी गर्न थालेँ । केही थिएन । उसको शर्टमा खोजेँ, त्यहाँ एउटा पर्स थियो । दश हजार जति कुच्चिएका नोट थिए । सबै लिएँ र म त्यहाँ बाट निस्केँ ।
म्याक्सको होटल मेनरोडबाट अलि टाढै थियो । त्यसैले मैले बोदाबोदा चालकलाई बोलाउनुपर्दथ्यो ।
अब म घरमा पुगेँ । घर पुग्नुअगाडि नै मैले मेरा लेगिङ्स फालिदिएँ । मलाई अचम्म लाग्छ लेगिङ्स प्रचलनमा नआएको भए केटीहरूले के गर्दथे होलान् । आमाले ढोका खोलिन् । उनी मुसुक्क मुस्कुराइन् । उनलाई थाहा थियो कि उनका लागि मसँग केही पैसा छ । उनले घरमा मान्छे ल्याउन छाडेको धेरै भइसकेको थियो, पचास काटेकाको बजार पनि त्यति ठूलो छैन ।
म यसमा कसरी संलग्न भएँ ? मैले आफैँलाई पनि वणर्न गर्न सक्दिनँ । हुन सक्छ मेरा धेरै बुवा भएकाले हो कि ? मेरी आमाले हाम्रो हेरविचार गर्न दिनहुँ गर्ने गरेको मेक–अप पनि हुनसक्छ अर्काे कारण । “आफ्नो शरीरको ख्याल राख, के भर जीवन निर्वाहका लागि यसैको आवश्यक पर्न सक्छ” भन्ने मेरी आमाका शब्द सुन्दै हुर्किनु अर्काे कारण हुनसक्छ । त्यो पनि हुनसक्छ ।
म रिसेप्सनिस्टको काम गर्छु, जहाँबाट मैले यो पैसा कमाउँछु । यही नै हो मैले आमालाई भनेको कुरा हो । यही नै हो उनले विश्वास गरेकोजस्तो बहाना । हुनसक्छ उनले विश्वास नै गरेकी छन् कि, मलाई थाहा छैन । उनी पर्खिरहेकी थिइन् आफ्ना साना हात फैलाउँदै । पचास नै पुगे पनि उनको शरीरको बनावटमा खासै परिवर्तन आएको छैन भलै पहिले जति सुन्दर छैनन् उनी । सबै कामले उनीमाथि पुर्याएको असर थियो यो ।
उनका हरेक हँसाईपछाडि पश्चातापको छाँया लुकेको हुन्थ्यो । हुनसक्छ यो सबै रातको कामको प्रभावले गर्दा भएको थियो । त्यसैले म पनि छिट्टै यो काम छाड्नेवाला छु । चाँडै नै, कुनै दिन । मैले उनलाई अभिवादन गर्दै हातमा पचास हजारको नोट थमाइदिएँ । उनी अझै मुस्कुराइरहेकी थिइन् । लाग्थ्यो मैले उनलाई गौरवान्वित बनाइरहेको थिएँ । म अब निश्चित छु कि मेरी आमाले मप्रति गर्ने प्रशंसा सबैभन्दा मलाई मन नपर्ने कुरामध्येको एक हो ।
म आफ्नो कोठातर्फ लागेँ, मेरो लागि भोलिको दिन लामो छ । युनिभर्सिटीमा भोलि समाजशास्त्रको परीक्षा छ ।
(अफ्रिकन राइटर्स ट्रस्ट र ब्रिटिस काउन्सिलको सहकार्यमा प्रकाशित सूबी संग्रहबाट, जोनिता मेल युगाण्डाकी उदाउँदी युवा लेखक हुन् । )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।