#जस्टिस फर निर्मला (फोटोफिचर)

 भदौ ९, २०७५ शनिबार १५:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भैरहेको छ ।

पन्तको हत्यारालाई प्रहरी, प्रशासनले लुकाएको भन्दै कञचनपुरबाट सुरु भएको आन्दोलन सडकदेखि संसद भवनसम्म पुगेको छ । पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारलाई दवाव दिँदै शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्‍यालीसहितको प्रर्दशन र भृकुटीमण्डपमा प्रर्दशन गरिएको हो ।

प्रर्दशनकारीहरुले बलात्कार गर्नेमाथि फासी दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रर्दशनमा महिला हिंसा, बलात्कार, हत्यालगायतका घटना दिनप्रतिदिन बढिरहँदा पनि शान्ति सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिएको छ ।

 

 

त्यसक्रममा प्रर्दशनकारीहरुले नयाँ बानेश्वर चोकमा कञ्चनपुरकी किशोरी पन्तको हत्या भएको घटनालाई लक्षित गरेर सडक नाटक पनि प्रस्तुत गरेका थिए ।सामाजिक सञ्जालमा पनि ह्यास्ट्याग जस्टिस फर निर्मला अभियान नै चलेको छ । माइतीघरमा शनिबार भएको शान्तिपूर्ण प्रदर्शनमा बलात्कारका सांकेतिक क्रियाकलाप, राज्यको दमन तथा प्रहरीको कामप्रति आक्रोश पोखिएको छ ।

साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा भेटिएको थियो । प्रहरीले अहिलेसम्म पन्तको हत्यारा पत्ता लगाउन सकेको छैन् । प्रहरीले पन्तको हत्यारा भन्दै मानसिक समस्या भएको व्यक्तिलाई सार्वजनिक गरेपछि आन्दोलन थप चर्किएको छ । आन्दोलनमा एक निर्दोश किशोरको समेत ज्यान गएको छ ।

कञ्चनपुरमा पन्तको हत्याराको कारबाहीको माग गर्दै भइरहेको विरोध प्रर्दशनले हिंसात्मक रुप लिएपछि सरकारले संयमित हुन त्यहाँका सर्वसाधारणलाई अपील पनि गरेको छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया