कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबा...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो।
जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले गोलको सुरुवात गरेको थियो ।
त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे । यसअघि गएको अक्टोबरमा पहिलो चरणको खेलमा घरेलु मैदानमा पनि जोर्डनले नेपाललाई ३–० गोलले नै हराएको थियो ।
हारसँगै नेपालको विश्वकप छनोटको सम्भावना सकिएको छ । एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने गणितीय रुपमा कायमै रहेको छ ।
एसियन कपको तेस्रो चरणमा पुग्न नेपालले आउँदो शुक्रवार अष्ट्रेलियासँगको खेले जित्नैपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।