दसैँमा अग्रिम टिकट बुकिङ खुल्ने-नखुल्ने अन्योल, व्यवसायी भन्छन्–सरकारले जे गर्छ गरोस्

 भदौ १०, २०७५ आइतबार १७:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

यसपालीको दसैँमा अग्रिम टिकट बुकिङ खुल्ने, नखुल्ने अन्योल भएको छ । सरकारले सिण्डिकेटको नाममा भएको प्रणाली पनि भताभुङ्ग पारेकोले  अग्रिम टिकट बुकिङ अन्योलमा परेको व्यवसायीको भनाई छ । 

‘सरकारले भएको सिस्टमलाई पनि बिगारेको छ, हाम्रा व्यवसायी एकदमै अन्योलमा छन् त्यसैले यो पटकको दसैँमा अग्रिम टिकट बुकिङ हुने सम्भावना छैन’ नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले उज्यालोसँग भन्नुभयो, ‘सरकारले हामीसँग छलफल गर्नुपर्थ्याे अहिलेसम्म गरेको छैन, हामीलाई सरकारले लुटेरा जस्तो मात्रै देख्यो, अब जे गर्नुपर्छ सरकारले गरोस् ।’

अाएनन् नयाँ बस

गएका वर्षमा दसैँका लागि लक्षित गरेर नयाँ बस ल्याउने गरेको भए पनि यसपटक भने सरकारकै कारणले व्यवसायीले नयाँ बस नल्याएको महासचिव सिटौलाको भनाई छ ।

‘सरकारले यातायात समिति खारेज गर्ने निर्णयले व्यवस्थापनदेखि  बिमासम्म पनि बैंकबाट ऋण लिनेसम्मको काम ध्वस्त बनाएको छ, यस्तो अवस्थामा कसले ल्याइदिन्छ नयाँ बस ?’ महासंघका महासचिव सिटौलाले भन्नुभयो । 

गएका वर्षमा दसैँ आउनभन्दा २ महिना अघिदेखि नै टिकट बुकिङको बारेमा निर्णय हुन्थ्यो, अनि एक महिना पहिले बुकिङ खुल्ने गरेको थियो ।

‘सरकारले हामीसँग छलफल गर्नुपर्थ्याे अहिलेसम्म गरेको छैन, हामीलाई सरकारले लुटेरा जस्तो मात्रै देख्यो, अब जे गर्नुपर्छ सरकारले गरोस् ।’

यातायात व्यवस्था विभागले गएको चैत १८ गते नयाँ कार्यविधि जारी गरेको थियो । त्यसपछि वैशाखको ४ गतेको मन्त्रीपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कम्पनीको नवीकरण पनि नगर्ने गरी नयाँ कम्पनी पनि दर्ता नगर्ने निर्णय गरेको थियो ।

कम्पनीको ढाँचामा मात्रै सार्वजनिक गाडी दर्ता हुनुपर्ने भन्दै सरकारले केही यातायात समितिका बैंक खाता पनि रोक्का गरिदिएको छ । त्यसको विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका थिए । तर महासंघका महासचिव सहितका पदाधीकारीलाई नै पक्राउ गरेपछि आन्दोलन फिर्ता भएको थियो ।

सरकारले सिण्डिकेटविरुद्ध चालेको कदमबाट आक्रोशित भएका व्यवसायीले दसैँमा त्यसको बदला लिने संकेत गरेका हुन् । 

विभाग भन्छ – हामी छलफलमा बस्छौं, चर्को स्वर गरेर हुन्न 

यातायात व्यवसायीले यातायातको प्रणाली नै भताभुङ्ग पारेकोले यसपटक अग्रिम टिकट बुकिङको सम्भावना कम रहेको बताए पनि यातायात व्यवस्था विभागले भने दसैँमा लागि  अग्रिम टिकङ बुकिङ खुलाइने जनाएको छ ।

‘उहाँहरुले आक्रोशमा आएर चर्को बोल्नु स्वभाविक हो, यसै हप्ताभित्र हामी छलफलमा बोलाउँछौं अनि निर्णय गछौं’ विभागका प्रवक्ता तुलसीराम अर्यालले भन्नुभयो, ‘हामीसँग समय छ, व्यवसायीसँग छलफल गरेर निर्णय गर्छौं, हतार गर्नुपर्दैन ।’

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया