सिकलसेलकाे उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - कोपा अमेरिका फुटबलमा पाराग्वे विजयी भएको छ । बिहान सकिएको खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पाराग्वेका लागि एन्जल रोमेरोले दुई तथा एलेहान्ड्रो रोमेरोले एक गोल गरे । खेलको १० औं मिनेटमा पाएको पेनाल्टीमा बोलिभियाका एरबिन साभेड्राले गोल गरेर अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । यामे क्युलरले रातो कार्ड पाएपछि खेलको दोस्रो हाफमा बोलिभिया १० खेलाडीमा सीमित भएको थियो ।
जितसँगै समूह 'बी' मा रहेको पाराग्वेले ३ अङ्क जोडेको छ । यसअघि गएराति भएको यही समूहको खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेल्दै एक/एक अङ्क बाँडेका थिए । पाराग्वे ३ अङ्कसहित शीर्ष स्थानमा छ भने अर्जेन्टिना एक अङ्कसहित दोस्रो स्थानमा छ । यस्तै एक अङ्क नै रहेको चिली तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।