गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्ले अफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश गरेको हो ।
एसियन कपको आयोजक चीन र विश्व कपको आयोजक कतारले विश्व कप छनोट तथा एसियन कपमा स्थान बनाएपछि हरेक समूहको चौथो स्थानमा रहने टोली सिधै तेस्रो चरणमा प्रवेश गरेका हुन् । पुछारका टोलीले भने तेस्रो चरण पुग्नका लागि प्लेअफ नै खेल्नुपर्नेछ ।
नेपालसँगै थाइल्याण्ड, सिङ्गापुर, मङ्गोलिया, माल्दिभ्स, हङकङ, श्रीलङ्का, यमन, बङ्गलादेश, म्यानमार र अफगानिस्तानसँग तेस्रो चरणमा पुगेका छन् ।
विश्व कप छनोट अन्तर्गत समूह 'बी' मा रहेको नेपालले दुई पटक चाइनिज ताइपेईलाई हराएर चौथो स्थान सुरक्षित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।