गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ । केहीबेरअघि सकिएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलले हरायो । ब्राजिलको लागि ११ औं मिनेटमा एलेक्स सान्द्रो र ६८ औं मिनेटमा नेयमारले गोल गरे । यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोल गरे ।
थपिएको समयको तेस्रो मिनेटमा रिर्चलिसनले गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए । यसअघि नेयमारलाई लडाएको भन्दै रेफ्रिले ब्राजिललाई पेनाल्टी दिएका थिए । तर भिडियो एसिस्टेन्ट रेफ्री भीएआरमा हेर्दा पेरुको खेलाडीको गल्ती नदेखिएकाले पेनाल्टीको निर्णय फिर्ता भएको थियो । जितसँगै समूह 'ए' मा ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल हारेको पेरु अङ्कविहीन छ ।
बिहानै भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । बिहान सकिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डेइजले रातो कार्ड खाँदै बाहिरिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।