गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि बन्द प्रशिक्षणमा खेलाडी छनाेट भएका छन् । आउँदो जुलाईमा स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्यान्डबीचको प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २० सदस्यीय टोलीको चयन गरेको हो ।
टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशन भारी, शरद भेषावकर, विक्रम सोव, पवन सर्राफ र पृथु बाँस्कोटा रहेका छन् । अब केही दिनमै प्रशिक्षण थालिने क्यानले जनाएको छ ।
स्कटल्यान्डमा हुने तालिका रहेको विश्व कप लिग–२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण प्रभावित भएको थियो । लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्यु गिनी र यूएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै शृङ्खला खेलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।