गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - भारतका धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारमा रहेका उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ९१ वर्षका उनको चण्डीगढ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई गएको मे २० तारिखमा कोरोनाको सङ्क्रमण भएको थियो ।
जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो । यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।
पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो । सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् । सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए । उनी भारतीय सेनामा पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
RAVI RANJIT
June 21, 2021, 5:19 p.m.मिल्खा सिह धावक मात्रै नभई एक प्रेरणाको श्रोत पनि हुन, उहाँको वाल्यकालिन देखिनको जीवन नियालेर अध्ययन गर्दा उहाँले गर्नु भएका मिहेनतका कारण नै आज बिश्वले मिल्खा सिहको परिचय पाएका छन त्यसैले उहाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै चिरशान्तीको कामना गर्दछु, धन्यवाद ।