कोपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी, उरुग्वे १–० ले पराजित

 असार ५, २०७८ शनिबार ८:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । बिहान भएको खेलमा अर्जेन्टिनाले अर्को उपाधि दाबेदार उरुग्वेलाई १–० गाेलले पराजित गरेको हो । अर्जेन्टिनाका गुइडो रोड्रिग्वेजले खेलको १३ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट चार अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान चार अङ्क भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा अङ्कविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौं स्थानमा रहेका छन् । यसअघि  बिहान नै  भएको अर्को खेलमा चिलीले बोलिभियालाई १–० गाेलले पराजित गरेको थियो ।
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया