कोपा अमेरिका : अर्जेन्टिनाले पाराग्वेलाई हरायो

 असार ८, २०७८ मंगलबार ७:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ । ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे । खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन ।

पाराग्वेले अर्जेन्टिनाको पोष्टमा नौ वटा प्रहार गरे पनि गोल हुन सकेन् । जितसँगै अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा पुगेको छ । पाराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया