टाेकियाे ओलम्पिकका लागि एनओसी र केल्मीबीच सम्झाैता

 असार ११, २०७८ शुक्रबार २०:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल ओलम्पिक कमिटी (एनओसी) र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङबीच शुक्रवार प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।  

टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीका लागि केल्मी ब्रान्डकाे खेल पोसाक, किट ब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो । सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गर्नुभयाे । 

कार्यक्रममा अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि निजी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताउनुभयाे । अहिले टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भए पनि लामो समयसम्म सहकार्य र साझदारी गर्न छलफल भएको उहाँकाे भनाइ छ । 

केल्मीले यसअघि एन्फा, विभागीय टोली, तेक्वान्दो, कराँतेलाई प्रायोजन गरेको र भलिबलसँग सहकार्य गर्दै आएको छ । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया