युरो कप फुटबलमा आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्ड खेल्दै

 असार १४, २०७८ सोमबार ६:४४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरो कप फुटबलको नकआउट चरणमा आज दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् । स्पेन समूह 'ई'बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पाेल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई ५–० गोलले हराएको थियो । क्रोएसिया समूह 'डी बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । त्यस्तै चेक रिपब्लिकसँग बराबरी र स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो ।

यस्तै साविकको उपविजेता फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फ्रान्सले जर्मनीलाई हराएको थियो भने हङ्गेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो । स्विट्जरल्यान्ड समूह 'ए 'बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो भने इटलीसँग पराजित भएको थियो । त्यस्तै टर्कीलाई ३–१ गोलले हराएको थियो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया