यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – गएको अक्टोबर महिनामा नेपालमा एक लाख २४ हजार जनाभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ जना पर्यटक भित्रिएका छन् ।
यो अघिल्लो वर्षको अक्टोबरको तुलनामा ६ दशमलव शून्य चार प्रतिशतले धेरै हो । गएको वर्ष एक लाख १७ हजार जना पर्यटक आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघिको वर्ष अर्थात् सन् २०१९ को तुलनामा सात प्रतिशतले कमी हो । २०१९ मा एक लाख ३४ हजार जना पर्यटक भित्रिएका थिए ।
यो वर्षको अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १६ हजार तीन सय १३ जना पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट १६ हजार २३, बेलायतबाट आठ हजार १९, चीनबाट सात हजार सा सय ५०, अस्ट्रेलियाबाट ६ हजार नौ सय २९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट पाँच हजार चार सय ८५, बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय २५ र इटलीबाट दुई हजार ६ सय ३५ जना पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।