फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा

 असार १५, २०७८ मंगलबार ५:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गएराति रोमानियामा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एम्बाप्पे पेनाल्टीमा गोल गर्न सकेनन् । 

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन,  अकान्जी  म्यानुएल,  रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । योसँगै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा पुगेको छ भने विश्व विजेता फ्रान्स भने अन्तिम १६ बाट बाहिरिएको छ ।

अब  स्विट्जरल्यान्डले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।  स्विट्जरल्यान्डले समूह 'ए' बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया