प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सिरहा – कमला नदीले बगाएका दुई किशोरको शव सोमबार भेटिएको छ ।
साउने पूर्णिको पानी भर्न सिरहाको बन्दिपुर १ कमला नदीको उत्तरवाहीणीबाट शनिबार बाढीले बगाएको गोलबजार ४ निपनीयँका १५ वर्षका मन्जय महरा र राहुल राउतको शव फेला परेको हो ।
महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर नजिक कमला नदीको पुलमूनि फेला परेको छ, भने राउनको शव कर्जन्हा ७ स्थित कमला नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेल जानकारी दिनुभयो ।
दुवैको शव जिल्ला अस्पताल सिरहा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । कमला नदीले ३ जनालाई बगाएको थियो । जसमध्ये सिरहा औरही गाउँपालिका–३, तुलसिपुरका २० वर्षका कृष्ण महतोको शव आइतबार धनुषा क्षेत्रको कमला नदी किनारमा फेला परेको थियो ।