स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा

 असार १६, २०७८ बुधबार ५:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक/एक गोल गरे । ​स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा आर्टिमले गोल गर्दै युक्रेनलाई जिताए । खेलको २७ औं मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फर्सवर्गले गोल गर्दै स्विडेनलाई एक/एकको बराबरीमा पुर्याएका थिए ।

खेलको ९९ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका आर्टिमलाई ट्याकल गरेपछि स्विडेनका मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए । युक्रेनको जितसँगै युरोकपको प्रि क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन बाहिरिएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । इंग्ल्यान्ड जर्मनीलाई २–० ले हराएर अन्तिम आठमा पुगेको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया