टाेनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घाेषणा गरे

 असार १८, २०७८ शुक्रबार १९:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । युरो कपबाट आफ्नो टिम बाहिरिएको दुई दिनपछि क्रुसले यस्तो घोषणा गरेका हुन् ।

‘मैले जर्मनीबाट एक सय ६ पटक खेलेँ । अब अर्काे समय हुनेछैन’, ३१ वर्षीय रियल मड्रिडका खेलाडीले ट्विटरमा लेखेका छन् । 

योसँगै सन् २०२२ को कतार विश्व कपका लागि आफू उपलब्ध नहुने स्पष्ट भएको क्रुसले बताएका छन् । उनले जर्मनीका लागि १७ गोल गरेका छन् । 

सन् २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट क्रुस स्पेनी क्लब रियल मड्रिड आएका थिए । उनी रियल मड्रिडका लागि महत्त्वपूर्ण खेलाडी हुन् । 

यस संस्करणकाे युराे कपमा जर्मनी इङ्ल्यान्डसँग दुई–शून्य गाेल अन्तरले पराजित भएकाे थियाे । प्रतियाेगितामा चार खेल खेलेका क्रुसले एक गाेल पनि गर्न सकेका थिएनन् । 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया