स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

 असार १८, २०७८ शनिबार ०:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो ।

खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । स्विट्जरल्यान्डको लगातार तीन पेनाल्टी स्पेनका कीपरले रोकेपछि जार बेहोरेको हो ।

सेमिफाइनल प्रवेशका लागि आजै राति इटली र बेल्जियम खेल्दै छन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया