जापानको राजधानी टोक्योमा आपतकाल

 असार २४, २०७८ बिहीबार १३:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोक्योमा आपतकाल लागू भएको छ । टोक्यो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ आपतकाल लागू गरिएको हो ।

बढ्दो सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतियोगितामा दर्शकलाई प्रवेशमा रोक लगाउने तयारी भएको छ । कोरोनाको सङ्क्रमण रोक्न दर्शकको प्रवेशलाई रोक्नु नै उत्तम विकल्प भएको त्यहाँका विज्ञले बताएका छन् । टाेक्यो ओलम्पिकमा विदेशी दर्शकलाई यसअघि नै प्रवेशमा रोक लगाउने निर्णय भइसकेको छ । टोक्यो ओलम्पिकको उद्घाटन आउँदो २३ तारिखमा हुँदैछ ।

कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिकको प्रतियोगिता अहिले हुन लागेको हो ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया