कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबा...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो ।
इङ्ग्ल्यान्डको जितमा डेविड मालनले ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका सहिन साह अफ्रिदीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो ।
पाकिस्तानका लागि फखर जमानले ४७, शादव खानले ३० र सोहिब मक्सुदले १९ रन जोडे । यस्तै इङ्ग्ल्यान्डका शकिब महमुदले चार विकेट लिए भने क्रेग ओभर्टन र माट पर्किनसनले दुई/दुई विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।