'लेजर लाइट' प्रकरण : इङ्ल्यान्डलाई ३० हजार युरो जरिबाना

 असार २६, २०७८ शनिबार १८:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ ।   

वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका क्रममा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर इस्माइकलको अनुहारमा पर्ने गरी दर्शकबाट लेजल लाइट बालिएको थियो । कास्परले केनले प्रहार गरेको पेनाल्टी रोके पनि रिबाउन्डमा केनले गोल गर्दै इङ्ल्यान्डलाई दुई–एकले जिताएका थिए । 

त्यही घटनालाई लिएर यूईएफएले छानबिन सुरु गरेको थियो । छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिबाना गरेको हो । 

यस्तै त्यही खेलमा डेनमार्कको राष्ट्रिय गानका क्रममा समर्थकले होहल्ला गरी अशान्ति फैलाउँदै आतिशबाजी पनि गरेका थिए ।  

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया