इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली बन्यो युरो कप च्याम्पियन

 असार २७, २०७८ सोमबार ३:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो ।

यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए ।

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया