पेनाल्टीमा चुकेका खेलाडीमाथि रङ्गभेदी व्यवहार

 असार २८, २०७८ सोमबार ९:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पेनाल्टीमा गोल गर्न चुकेका इङ्ग्ल्यान्डका तीन जना खेलाडीमाथि रङ्गभेदी व्यवहार भएको छ । बिहान सकिएको युरो कपको फाइनलमा इङ्ग्ल्यान्ड मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साकाले गोल गर्न सकेनन् । पेनाल्टीमा चुकेपछि उनीहरुविरुद्ध सामाजिक सञ्जालमा रङ्गभेदी टिप्पणी हुन थालेको हो । यी तीन खेलाडी अश्वेत हुन् ।

खेलाडीमाथि यस्तो टिप्पणी हुन थालेपछि इङ्ग्ल्यान्डकाे फुटबल एसोसिएसन एफएले रङ्गभेदी व्यवहारको भत्सर्ना गरेको छ । सामाजिक सञ्जालमा आफ्ना केही खेलाडीमाथि भएको दुर्व्यवहारबाट आफूहरु चकित भएको भन्दै एफएले त्यस्तो काम गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ ।

यस्ता व्यवहार स्वीकार्य नहुने भन्दै एफएले रङ्गभेदी अभिव्यक्ति दिनेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । एफएले विज्ञप्ति निकालेर यस्तो घृणित काम कसले गरिरहेको छ भन्नेबारे स्पष्ट नभए पनि यस विरुद्ध जुट्ने बताएको छ ।

उसले खेलाडीको सुरक्षा र समर्थनका लागि आफूले सम्भव भएसम्म प्रयास गरिरहने पनि बताएको छ । यस्तै, एफएले रङ्गभेदी व्यवहार गर्नेलाई कडा कारबाही गर्न बेलायत सरकारले कडा कानुन ल्याउनु पर्ने माग पनि गरेको छ । युरो कपको फाइनलमा इटलीसँग पराजित भएपछि आक्रोशित केहीले इङ्ग्ल्यान्डकाे यी तीन खेलाडीमाथि दुर्व्यवहारपूर्ण टिप्पणी गरेका हुन् ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया