टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

 असार ३०, २०७८ बुधबार ५:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने जनाएको हो । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अरु पदाधिकारी रहेका छन् ।

पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छन् । टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया