बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - इङ्ग्ल्यान्डले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले क्लिनस्विप गरेको हो । जितका लागि ३ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्यान्डले ४८ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
इङ्ग्ल्यान्डका जेम्स भिन्सले १ सय २ रनको शतकीय पारी खेले । लुइस ग्रेगरीले ७७ रनको योगदान दिए । पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शादब खानले २ र हसन अलीले एक विकेट लिए । बर्मिंघममा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो ।
बाबर आजमले १ सय ५८ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । इमाम उल हकले ५६ रन जोडे । इङ्ग्ल्यान्डका ब्रायडन क्रसेले ५ विकेट लिए । सकिब मोहम्मदले ३ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १८ रन र दोस्रो खेलमा ५२ रनले पराजित भएको थियो । पाकिस्तान र इङ्ग्ल्यान्डबीच शुक्रवारदेखि तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।