दक्षिण अफ्रिकामाथि आयरल्यान्डको ऐतिहासिक जित

 असार ३०, २०७८ बुधबार ६:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम आयरल्यान्डले दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ४३ रनले हराएको छ । यससँगै आयरल्यान्डले पहिलो पटक एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको हो । डुब्लिनमा आयरल्यान्डले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४८ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४७ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि जानिमन मालनले ८४ रनको अर्धशतकीय इनिङ्ग पारी खेले । रस्सी भान डेर डुसेनले ४९ रन र डेभिड मिलरले २४ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मार्क एडिर, जोस लिटल, एन्डी म्याकब्रिनेले २/२ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनेले १ सय २ रनको शतकीय पारी खेले । त्यस्तै ह्यारी टेक्टरले ७९ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवयोले २ विकेट तथा कागिसो रबाडा, तबरेज शाम्सी र केशव महाराजले एक/एक विकेट लिए । तीन खेलको श्रृङ्खलामा आयरल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम एक दिवसीय शुक्रवार हुनेछ । वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया