एक दिवसीय क्रिकेटमा पाकिस्तानका कप्तान बाबर आजमको कीर्तिमान

 असार ३०, २०७८ बुधबार ११:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एक दिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । इङ्ग्ल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीयमा बाबरले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान बनाएका हुन् । बाबरले इङ्ग्ल्यान्डसँगको खेलमा १ सय ५८ रनको शतकीय पारी खेले ।

एक दिवसीयमा बाबरको यो १४ औं शतक हो । बाबरले ८१ औं पारिमा १४ औं शतक पूरा गरे । बाबर एक दिवसीयमा सर्वाधिक छिटो १४ औं शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् । त्यस्तै इङ्ग्ल्यान्ड सँगकाे एक दिवसीय खेलमा शतक बनाउने बाबर पाकिस्तानका दोस्रो कप्तान हुन् । यसअघि इमरान खानले शतक बनाएका थिए ।

आजमले दक्षिण अफ्रिकाका पूर्व खेलाडी हाशिम अमला, भारतीय कप्तान विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको रेकर्डलाई समेत पछि पारेका छन् । बाबरले रेकर्ड कायम गरेको खेलमा पाकिस्तानले एक दिवसीय श्रृङ्खला भने ३–० ले गुमाएको छ ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया