बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - पहिलो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले १ सय ३ रनको शतकीय इनिङ्स खेले ।
विस्फोटक ब्याटिङ गरेका उनले ४३ बलमा १ सय ३ रन बनाएका हुन् । लिभिङ स्टोन टी–ट्वान्टीमा इङ्ग्ल्यान्डका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी समेत बने । उनको यो पहिलो टी–ट्वान्टी शतक समेत हो । यस्तै जासन रोयले ३२ रन बनाए । बलिङमा पाकिस्तानका शहिन शाह अफ्रिदी र शादब खानले ३/३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरीजमा १–० को अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।