बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – अष्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टी–ट्वान्टीमा वेस्ट इण्डिज १६ रनले विजयी भएको छ । योसँगै वेस्ट इण्डिजले श्रृङ्खला ४–१ ले जितेको छ ।
आज बिहान भएको खेलमा वेस्ट इण्डिजले दिएको दुई सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले सबैभन्दा धेरै ३४ रन बनाए । वेस्ट इण्डिजका सेल्डन कोट्रेल र आन्द्रे रसेलले समान तीन/तीन विकेट लिएका थिए ।
पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेस्ट इण्डिजका इभन लेविसले सबैभन्दा धेरै ७९ रन बनाए । अष्ट्रेलियाका एन्ड्रयु टाइले तीन तथा मिचेल मार्स र एडम जाम्पाले दुई/दुई विकेट लिए ।
वेस्ट इण्डिज पहिलो खेलमा १८ रन, दोस्रो खेलमा ५६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । चौथो खेलमा अष्ट्रेलिया ४ रनले विजयी भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।