बोइङका कर्मचारीले ७ हप्ता लामो हडताल अन्त्य गरे, आउँदो ४ वर्षम...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - इटालियन क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडलाई अनुबन्धित गरेको छ। फ्रान्सेली खेलाडी जिराउड इङ्ग्लिस क्लब चेल्सीबाट इटालियन सिरी 'ए' क्लब एसी मिलान आएका हुन् ।
सिरी ’ए’ क्लब मिलानले इङ्ग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा अनुबन्ध गरेको हो । जिराउडले मिलानसँग दुई वर्षको सम्झौता गरेका छन् ।
उनले सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् । उनी फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य समेत हुन् ।
फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टिममा रहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।