रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाकै कारण द हन्ड्रेड क्रिकेट प्रतियोगिता नखेल्ने पक्का भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने पक्का भएको जानकारी दिएका हुन् ।
यो प्रतियोगिता गुमाउन पुगेकोमा आफू निकै निराश भएको सन्दीपले फेसबुकमा लेखेका छन् ।
यही बिहीवारदेखि सुरु हुने प्रतियोगितामा सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो ।
गएकाे असार २४ गते इङ्ल्यान्ड गएका सन्दीपले गएकाे साेमवार बेलायत सरकारबाट मान्यता प्राप्त होटलमा १० दिनको क्वरेन्टीन समय माग गरेका थिए । इङ्ल्यान्ड क्रिकेट बाेर्ड (ईसीबी) काे निर्देशनअनुसार आफूले भिसाका लागि आवेदन दिएकाे पनि सन्दीपले बताएका छन् ।
सन्दीपले आफ्नाे भिसा किन वैध नभएकाे भन्दै ईसीबीलाई प्रश्न पनि गरेका छन् । प्रतियाेगितामा आफ्नाे उपस्थितिलाई लिएर उत्साहित भएका प्रशंसकसँग पनि सन्दीपले माफी मागेका छन् ।
सन्दीप नखेल्ने भएपछि उनकाे ठाउँमा टी–२० वरीयताका नम्बर एक बलर दक्षिण अफ्रिकाका तबरिज साम्सीलाई खेलाउने बुझिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
bimal bhattarai
July 25, 2021, 2:09 p.m.साह्रै नराम्रो खबर ...सरकारले पनि देशको गहनालाई सहयोग गर्नुपर्ने हो / हाम्रो देश यस्तै कारणले गर्दा पछाडि परेको हो / म तपाइंको फ्यान हुँ सन्दीप जी /