काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)
कात्तिक १७, २०८१ शनिबार
काठमाडौं – बिहीबार र शुक्रबार हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको लागि काठमाडौंमा केही दिनदेखि नै तयारी तीव्र छ । अरु दिन खाल्डाखुल्डी र फोहोरले अस्तव्यस्त सडक सिंगारिएका छन् । ठाउँठाउँमा आकर्षक कला र फोटो राखेर स्वागतद्वार बनाइएको छ । विशिष्ट पाहुनाको आँखा पर्ने सबै ठाउँलाई सजाएर चिटिक्क पारिएको छ ।
काठमाडौंमा भएको यो तयारी र सजावट देखेर धेरैले पहिले हुने सार्क सम्मेलनलाई सम्झेका छन् । कतिले त फेरि सार्क सम्मेलन हुन लागेछ भन्ने पनि ठानेका छन् । तर यो सार्क सम्मेलन नभएर बिमस्टेक सम्मेलन हुन लागेको हो ।
झण्डै २१ वर्षअघि सन् १९९७ मा बिमस्टेकको कल्पना गरिएको हो । अहिले यसमा नेपाल, बङ्गलादेश, भारत, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् । बिमस्टेकले पृथ्वीको कुल जमिनी भूभागको ३ दशमलब ६३ प्रतिशत क्षेत्रफल ओगट्छ । यस क्षेत्रको जनसंख्या १ अर्ब ६५ करोड जनसंख्या छ । बिमस्टेक राष्ट्रमा भूगोल, जनसंख्या र अर्थतन्त्रका हिसाबले सबैभन्दा ठूलो देश भारत हो ।
बिमस्टेकको चौथो सम्मेलन तयारीका लागि मंगलबार बसेको परराष्ट्रसचिवस्तरीय बैठकले आठ विषयका १४ प्रतिवेदनमाथि छलफल गरेको छ । तर सम्मेलनमा अन्तरदेशीय ऊर्जा प्रसारण लाइन स्थापनासम्बन्धी एउटा समझदारीपत्रमा मात्रै हस्ताक्षर हुने भएको छ । कनेक्टिभिटी, व्यापार, प्रविधि, आतंकवाद, कृषि, गरिबी निवारणका पुराना विषयमा छलफल मात्रै हुनेछ ।
बिमस्टेकलाई थप प्रभावकारी बनाउन बिमस्टेक विकास कोष गठनको सम्भावना अघि बढाउने निर्णय पनि भएको छ । यस्तै सार्क बडापत्र निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।
बिमस्टेकका संयन्त्र गठनका लागि नियम र पद्धति तय गर्न प्रारम्भिक प्रक्रिया थाल्ने सहमति पनि भएको छ । यस्तै बिमस्टेक ग्रिड इन्टरकनेन्सन स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न सिफारिस गर्ने निर्णय भएको छ ।
हाइप्रोफाइलको चर्चा
बिमस्टेक सम्मेलनमा सातवटै देशका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौंमा जम्मा हुँदैछन् । म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै आइसक्नुभएको छ । भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार बिहान काठमाडौं आइपुग्नुभएको छ । बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउँदै हुनुहुन्छ ।
बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुहुनेछ । यस्तै बिहीबार नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा नेपाल आउने कार्यक्रम रहेको छ ।
काठमाडौंमा जम्मा हुने सातै देशका ‘हाइप्रोफाइल’ राजनीतिक पृष्ठभूमि फरक छ । बंगलादेशको १० औं प्रधानमन्त्री शेख हसिना वाजेद ‘हाइप्रोफाइल’मध्ये सबैभन्दा जेठो हुनुहुन्छ । उहाँ ९ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहँदै आउनुभएको छ ।
भुटानमा ४ वर्षदेखि प्रधानन्यायाधीश रहेका छिरिङ्ग वानचुक अहिले भूटानको अन्तरिम सरकारका प्रमुख सल्लहाकारका रुपमा हुनुहुन्छ । आमचुनावका लागि अगष्ट १ तारिकमा भूटानको तल्लो सदन विघटन भएसँगै वानचुक अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त हुनुभएको हो ।
हाईप्रोफाइलमध्येमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी चर्चित हुनुहुन्छ । उहाँको सुरक्षाका लागि भारतबाटै सुरक्षाकर्मी आइसकेका छन् । भारतीय प्रधानमन्त्रीको रुपमा उहाँ यसअघि तीनपटक नेपाल आइसक्नुभएको छ । उहाँको यो चौथो नेपाल भ्रमण हुनेछ ।
म्यानमारका राष्ट्रपति विन मिन्ट पहिले त्यहाँको संसदको सभामुख हुनुहुन्थ्यो । उहाँले म्यानमारमा राजनीतिक वन्दीको रुपमा पनि लामो समयसम्म जेल जीवन बिताउनुभयो ।
श्रीलङ्ककाको राष्ट्रपति मैत्रिपाल सिरिसेना तीन वर्षदेखि सातौं राष्ट्रपतिको रुपमा जिम्मेवारीमा हुनुहुन्छ । यसअघि उहाँले श्रीलंकामा बिभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा यसअघि थाइ सेनाका प्रमुख हुनुहुन्थ्यो । उहाँ अहिले त्यहाँको २९ औं प्रधानमन्त्रीका रुपमा हुनुहुन्छ । उहाँलाई कट्टर राजावादी तथा तत्कालीन जननिर्वाचित प्रधानमन्त्री थाक्सिन सिनावात्राको विरोधीका रुपमा चिनिन्छ ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने यी सबै विशिष्ट पाहुनाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुहुनेछ । गएको फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओली नेकपाको अध्यक्ष पनि हुनुहुन्छ । उहाँँ पहिलोपटक २०७२ असोज २४ गते ब्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।