कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबा...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग असोज पहिलो हप्तादेखि आयोजना हुने भएकाे छ । १४ क्लब मध्येका चार 'ए' डिभिजन लिग क्लबले मङ्गलवार लिग रोक्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्थामा पुग्ने आशङ्का देखिएको थियाे । तर, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले भने चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग हुने बताएका हुन् ।
ललितपुरका चार क्लबले कोरोना महामारीको विषम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए । त्यही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितिमा नै लिग हुने बताएका हुन्।
सहिद स्मारक 'ए' डिभिजन लिग २०२१ असोज ३ गतेदेखि आयोजना गर्ने तालिका एन्फाले यसअघि नै सार्वजनिक गरेको छ । एन्फाले यसअघि नै पदाधिकारीहरुसँगको छलफलबाट असोज पहिलो हप्तादेखि गर्ने बताइसकेको थियो । त्यही बैठकबाट 'ए' डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेबाट खुला पनि गरेको थियो ।
उनले चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतवार छलफल हुने बताए । लिगमा सहभागी नभए लिग नियमावली अनुसार हुने बताए अध्यक्ष शेर्पाले बताए ।
असोजबाट हुने लिगमा 'बी' डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबसहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुङ्ग्याएको सरस्वती यो सिजनमा हुने छैन । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।