टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदै

 साउन ९, २०७८ शनिबार ६:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदैछ । आज  सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् ।

भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह (एलेक्स)ले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ । 

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन हिजो भएको हो ।

जापानको राजधानी टोकियोमा हिजो विशेष समारोहकाबीच उद्घाटन गरिएको हो । समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, अमेरिकाकी प्रथम महिला जिल बाइडेनलगायत उपस्थित हुनुभएको थियो ।

उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्सले बोकेका थिए । सङ्क्रमण जोखिमकै कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा विशेष जोड दिइएको छ । दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुँदैछन् ।
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया