दोस्रो एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई हरायो

 साउन १०, २०७८ आइतबार ८:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले अस्ट्रेलियालाई हराएको छ । वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको हो । 

यो जितसँगै तीन खेलको श्रृङ्खलामा एक/एकको बराबरी भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । 

वेस्ट इन्डिजका निकोलस पुरनले अविजित ५९ रन तथा जोशन होल्डरले ५२ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा एडम जाम्पाले २ विकेट लिए । यसअघि वेस अगरको ४१ तथा म्याथ्यु वेड र एडम जाम्पाको समान ३६/३६ रनको मद्दतमा अस्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो । 

वेस्ट इन्डिजका एल्जरी जोसेप र अकिल हुसेनले तीन/तीन तथा सेल्ड्रोन कोट्रेलले २ विकेट लिए । बिहीवारका लागि तय भएको दोस्रो एक दिवसीय टस भइसकेको अवस्थामा स्थगित भएको थियो । पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डीएल पद्धतिका आधारमा १ सय ३३ रनले हराएको थियो। 

आज रातिका लागि तय भएको तेस्रो एक दिवसीय भने अब मङ्गलवार बिहान हुनेछ । वेष्ट इन्डिजसँगको खेलपछि अस्ट्रेलिया पाँच खेलको टी–ट्वेन्टी श्रृङ्खला खेल्न बङ्गलादेश जाँदैछ ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया