नेपालले साफ च्याम्पियनशिप आयाेजना गर्न औपचारिक प्रस्ताव प्राप्त गर्‍याे

 साउन १०, २०७८ आइतबार १३:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले अक्टोबरमा आयोजना हुने १३ औँ संस्करणको साफ च्याम्पियनशिप आयोजना गर्नका लागि औपचारिक प्रस्ताव प्राप्त गरेको छ । साफका महासचिव अनवारुल हकले पछिल्लो च्याम्पियनशिप नेपालमा आयोजना गर्न प्रस्तावसहित एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्नुभएको हो । 

अब च्याम्पियनशिपको विस्तृत प्रस्ताव तयार हुने र स्वीकृतिका लागि साफमा पठाउने एन्फका महासचिव इन्द्रमान तुलाधारले बताउनुभएको छ । अब एन्फाले पठाएको प्रस्तावको समीक्षापछि साफका अध्यक्ष र साफ कार्यकारी कमिटीले प्रतियोगिताको आयोजकका बारेमा अन्तिम निर्णय लिनेछ । 

कोरोना भाइरसको सङ्क्रमणका कारण बङ्गलादेश फुटबल महासङ्घ आयोजकबाट पछि हटेपछि आयोजना कसले गर्ने भनेर गएको जुलाई २३ मा सदस्य देशबीच एम भर्चुअल बैठक भएको थियो ।

यसअघि नेपाल सन् १९९७ र २०१३ मा साफको आयोजक बनेकाे थियो । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया