विश्व नम्बर एक जाेकाेभिचकाे 'गाेल्डेन स्लाम' जित्ने आशा समाप्त

 साउन १५, २०७८ शुक्रबार १६:५९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ट्विटर/वी आर टेनिस

काठमाण्डाै – सर्बियाका शीर्ष वरीयताका टेनिस खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिकबाट बाहिरिएका छन् । जोकोभिच सेमिफाइनलमा जर्मनीका ‘चौथो सीड’ का अलेक्जेन्डर जेभरेभसँग १–६, ६–३, ६–१ ले पराजित भए । 

योसँगै जोकोभिचको 'गोल्डेन स्लाम'  अर्थात् चार ग्रान्ड स्लाम र ओलम्पिक जित्ने प्रयासमा विराम लागेको छ । 

जोकोभिचले यस वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन् । उनीसामु ओलम्पिक र यूएस ओपन थियो जसलाई जितेर उनी गोल्डेन स्लाम बनाउने पहिलो पुरुष खेलाडी बन्न सक्थे । 

जर्मनीकी स्टेफी ग्राफ विश्वको एकमात्र टेनिस खेलाडीले सन् १९८८ मा यो उपलब्धि हासिल गरेकी थिइन् । 

सेमिफाइनलमा जोकोभिचलाई हराएका जेभरेभले आइतवार फाइनलमा रसियाका करेन खाचानोभसँग खेल्नेछन् । 

विश्व वरीयतामा २५ नम्बर र ‘बाह्रौँ सीड’ का खाचानोभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ६–३ ६–३ ले हराउँदै फाइनल पुगेका हुन् ।  

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया