प्रधानमन्त्री केपी ओली बिरामी
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ क्यानडाले स्वर्ण पदक जितेको छ ।
जापानकाे योकोहामामा भएको फाइनलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा एक/एक गोल गरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । खेलकाे ३४ औं मिनेटमा स्वीडेनले अग्रता लिएको थियो ।
सेटिना ब्ल्यास्टेनिसले गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाएकी थिइन् । स्वीडेनले त्यही अग्रता पहिलो हाफमा कायम राखे पनि दोस्रो हाफमा जोगाउन असफल रहेको थियो । जारी ओलम्पिकमा क्यानडाको यो सातौं स्वर्ण पदक हो ।
टाेकियाे ओलम्पिकमा शीर्ष स्थानमा रहेकाे चीनले अहिलेसम्म ३६ स्वर्ण, २६ रजत, १७ कास्यसहित ७९ पदक जितेकाे छ । यस्तै दाेस्राे स्थानमा रहेकाे अमेरिकाले ३१ स्वर्ण, ३६ रजत, ३२ कास्यसहित कुल ९९ पदक जितेकाे छ भने २४ स्वर्ण, ११ रजत, १६ कास्यसहित ५१ पदक जितेकाे जापान तेस्राे स्थानमा रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।