प्रधानमन्त्री केपी ओली बिरामी
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - घरेलु टोली बङ्गलादेशसँगको चाैथाे टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले बङ्गलादेशलाई ३ विकेटले हराएको हो ।
ढाकामा बङ्गलादेशले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका डान क्रिस्टियनले ३९, एस्टन अगरले २७ र मिचेल मार्शले ११ रन बनाए । बङ्गलादेशका महेदी हसन र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । बङ्गलादेशका लागि मोहमद नाइमले २८, महेदी हसनले २३, अफिफ होसेनले २० तथा शकिव अल हसनले १५ रन जोडे । अस्ट्रेलियाका एन्ड्रयु टे र मिचेल स्विपसनले ३/३ विकेट लिए ।
जोस हाजलउडले २ विकेट लिए । पाँच खेलको श्रृङ्खला यसअघि बङ्गलादेशले जितिसकेको छ । पाँचाैँ तथा अन्तिम खेल भोलि बेलुका हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।