बङ्गलादेशसँगको अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित

 साउन २६, २०७८ मंगलबार ६:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गलादेशसँगको पाँचौँ तथा अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित भएको छ । घरेलु टोली बङ्गलादेशले अस्ट्रेलियालाई ६२ रनमा अल आउट गर्दै श्रृङ्खला ४–१ ले जितेको हो । जितको लागि १ सय २३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १३ ओभर ४ बलमा ६२ रनमा अल आउट भयो ।

टी–ट्वान्टीमा अस्ट्रेलियाको यो सबैभन्दा कम रन हो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ तथा बेन म्याकडेरमोटले १७ रन जोडे । अरु खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बङ्गलादेशका शकिव अल हसनले ४ विकेट लिए । उनी टी–ट्वान्टीमा एक सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।

ढाकामा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । बङ्गलादेशका मोहम्मद नइमले सर्वाधिक २३ रन बनाए । अस्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियनले २/२ विकेट लिए । एस्टन टर्नर, एस्टन अगर र एडम जाम्पाले १/१ विकेट लिए । 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया