कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबा...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको बताउनुभएको छ ।
फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मङ्गलवार बयान दिएर बाहिर निस्कने क्रममा पूर्वप्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासनभन्दा बाहिर भएको बताउनुभएको हो । एक हप्ताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । त्यही आधारमा खेलकुद मन्त्रालयले राखेपलाई समिति गठन गरेर छानबिन गर्न निर्देशन दिएको थियो ।
उहाँले भन्नुभयो, प्रशिक्षकले संस्थाका उपाध्यक्षलाई लगाउनुभएको आरोप अनुशासनभन्दा बाहिर गएको जस्तो मलाई लागेको छ, प्रशिक्षकबाट त्रुटि भएजस्तो लाग्छ मलाई ।
तर एन्फा प्रवक्ता किरण राईले एन्फामा आफ्नै छानबिन, अनुशासन समितिलगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भएअनुसार काम नभएको भन्दै तेस्रो पक्षमा छानबिन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिनुभएको थियो । यद्यपि बयानका लागि बोलाइएका प्रवक्ता किरण राईले सत्य/तथ्य, कुनै पनि पक्षमा नलागी, आफ्नो दृष्टिकोणमा जे सही थियो त्यही बयान दिएको बताउनुभयो ।
छानबिन समितिले मङ्गलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासँग बयान लिने सूची तयार पारेको छ । सूचीमा घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक पनि रहेका छन् । प्रशिक्षक अलमुताइरी भने पोखरामा रहेका छन् ।
मन्त्रालयको निर्देशनअनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेकाे संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।