कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबा...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – विश्व टेस्ट च्याम्पियनशिप अन्तर्गत भारत र इङ्ल्यान्डले 'स्लो ओभर रेट' अर्थात् ओभर ढिलो गरेपछि अङ्क घटाइएको छ ।
च्याम्पियनशिप अन्तर्गत गएको बुधवारदेखि आइतवारसम्म भएको खेल वर्षाका कारण बराबरीमा रोकिएको थियो । खेल बराबरीमा रोकिएपछि दुवै टोलीले चार/चार अङ्क पाउने भए पनि ढिलो ओभर खेलेको भन्दै दुई/दुई अङ्कमात्रै पाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।
दुवै टोलीलाई म्याच रेफ्रीले यसअघि नै म्याच फी को ४० प्रतिशतका दरले जरिबाना गरिसकेका छन् । यसअघि सन् २०२० मा भारतसँगको खेलका क्रममा पनि ढिलो ओभर बलिङ गरेको भन्दै अस्ट्रेलियाकाे दुई अङ्क घटाइएको थियो ।
दुवै टोलीले तीव्र गतिका बलर रोजेका कारण ओभर ढिलो सकिएको हो । इङ्ल्यान्डले चार जना तीव्र गतिका बलर रोजेको थियो र एक जना पनि स्पिनर थिएनन् । भारतले स्पिन बलर रवीन्द्र जडेजालाई खेलाए पनि दुई सय ५० ओभर दुई बलमा उनले १६ ओभर मात्र गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।