प्रधानमन्त्री केपी ओली बिरामी
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले सामान्य अग्रता बनाएको छ । लर्डसमा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा हिजो तेस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले २७ रनको अग्रता बनाएको हो ।
इङ्ग्ल्यान्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार गरेका छन् । रुट १ सय ८० रनमा अविजित रहे । उनले टेस्ट क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् । रुटले पहिलो टेस्टमा पनि शतक बनाएका थिए । यस्तै जोनी बेयस्र्टोले ५७ रनको अर्धशतकीय पारी खेले ।
भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । त्यस्तै मोहमद शामीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारत पहिलो पारीमा ३ सय ६४ रनमा अलआउट भएको थियो। वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।